कला

हिन्दी फिल्ममा डेब्यु गर्दै बेनिशा हमाल

अभिनेत्री बेनिशा हमालले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन्। हमालले आफू हिन्दी फिल्ममा डेब्यु गर्न लागेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन्।

उनले फिल्मका अन्य कलाकारसंगको तस्बिर पनि सेयर गरेकी छिन्। तस्बिरमा उनीहरु उत्तराखण्डको पञ्चचुलीमा पुगेको देख्न सकिन्छ।

तस्बिर सेयर गर्दै बेनिशाले लेखेकी छन्, ‘भ्वाइस मोड्युलेसन, डिक्सन र फ्लोमा काम गरेको महिनौंपछि म मेरो पहिलो हिन्दी भाषाको फिल्मको लागि तयार छु। मलाई आशीर्वाद दिनुहोस्।’ 

प्रकाशित: ६ फाल्गुन २०८० १४:२८ आइतबार

अभिनेत्री बेनिशा हमाल हिन्दी फिल्ममा डेब्यु गर्दै बेनिशा हमाल