कला

शिल्पी थिएटरमा जूनकीरी गजल साँझ

जूनकीरी अविश्रान्त उज्यालोले दोस्रो जूनकीरी गजल साँझ सम्पन्न गरेको छ। काठमाडौंको शिल्पी थिएटरमा आयोजित एक समारोहका बिच कार्यक्रम भएको हो।

गजल साँझमा गजलकारहरू - बाबु त्रिपाठी, सुमन स्मारिका, रूपक वनवासी रहेका थिए। पुस्तकालय सहयोगार्थ आयोजित जूनकीरी गजल साँझमा गजलकारहरूले दुख-सुख, हाँसो-रोदन र पीडा-सुखी जस्ता आफ्नो भावनालाई गजल मार्फत व्यक्त गरेका थिए।

तीन चरणमा भएको गजल साँझमा सहयोग संघ संस्थाहरूलाई सम्मान गरिएको थियो। यस गजल साँझबाट प्राप्त पुस्तक तथा आर्थिक सहयोगहरू रूकुम पूर्वमा भूकम्पबाट प्रभावित क्षेत्रमा पुस्तकालय निर्माणाार्थ प्रयोग गरीने संस्थाका सचिव सुवर्ण गौतमले बताए।

जूनकीरी अविश्रान्त उज्यालो समाजका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूलाई विभिन्न तह र तप्काबाट सहयोग गर्दै आइरहेको संस्था हो। जूनकीरीले विभिन्न समयमा सामाजिक, आर्थिक तथा सहयोगी कामहरू गर्दै आइरहेको छ।

गजल साँझमा विभिन्न व्यक्तिले पुस्तक सहयोग गर्नुका साथै आगामी दिनमा साथसहयोगसहित अगाडि बढ्ने भावना व्यक्त गरेका थिए।

प्रकाशित: ६ फाल्गुन २०८० १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App