कला

सम जयन्तीमा अमर अनुभूति लोकार्पण

महान् विभुति नाट्यसम्राट् बालकृष्ण समको जन्मजयन्तीका अवसरमा कवि प्रेमनाथ घिमिरेको अमर अनुभूति कवितासंग्रह लोकार्पण गरिएकाे छ। नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कवि वैरागी काइँला, नेपाली शिक्षा परिषदका अध्यक्ष तथा साहित्यकार रमा शर्मा, काठमाडौं महानगरपालिका वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठ, कवि घिमिरे लगायतले संयुक्त रूपमा कृतिकाे लोकार्पण गरेका थिए।

पद्मकन्या क्याम्पसका उपप्राध्यापक साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले कृतिकाे सम्पादन आफूले गरेकाे बताउँदै कृतिबारे चर्चा गरेका थिए। कवि प्रह्लाद पोखरेल र साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले समको साहित्यिक योगदानबारे उल्लेख गरेका थिए।

कार्यक्रममा साहित्यकारहरू नरेन्द्रबहादुर श्रेष्ठ, डा. बमबहादुर थापा 'जिताली', प्रल्हाद पोख्रेल र शान्ति सापकोटाले समका कविताहरू वाचन गरेका थिए।

साहित्यकार रमा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाली शिक्षा परिषद् रकाठमाडौं महानगरपालिका वडा नं १ को संयुक्त रूपमा आयोजना गरिएको हो।

प्रकाशित: २७ माघ २०८० १३:४३ शनिबार

अक्षर कविता