कला

हलमा दयाहाङ भर्सेस दयाहाङ

शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।

पछिल्लो समय व्यस्त अभिनेताको रुपमा दयाहाङलाई हेर्ने गरिन्छ। उनले खेलेका आफ्नै फिल्महरु बक्स अफिसमा जुधिरहेको छ। यो पटक पनि राईको शीर्ष भूमिका रहेका दुई फिल्म  ‘दयारानी’ र ‘हात्तीछाप’ भिड्दै छन्।

यसैवर्ष वैशाख १ गते उनका दुई फिल्म 'बिहे पास' र 'जारी' प्रदर्शन भएको थियो।

माओत्से गुरुङ निर्देशित फिल्म 'दयारानी' लाई सिनेमा आर्टस् र माओत्से फिल्म्सले निर्माण गरेको हो। फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायत कलाकारको अभिनय छ।

त्यस्तै सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म 'हात्तीछाप' मा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, बेनिशा हमाल लगायतको अभिनय छ।

प्रकाशित: २६ माघ २०८० १२:३५ शुक्रबार

अभिनेता दयाहाङ राई ‘दयारानी’ ‘हात्तीछाप’