कला

मेनुका भन्छिन्: इण्डियन आइडलबाट नसोचेको सफलता हात पारेँ

गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छिन्।

आईतवारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमवार गृहजिल्ला झापा आइपुगेकी गायिका पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताइन्।

भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको उनले बताइन्। उनले आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुशी मिलेको बताइन्। उनले यस्तो सफलता आफूले बिरलै पाउने बताइन्। बलिउडमा धेरै गीतहरु गाउनका लागि अफर आइरहेको उनको भनाइ छ।

गायिका पौडेललाई सोमवार झापामा साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए। 

प्रकाशित: २२ माघ २०८० १८:१३ सोमबार

गायिका मेनुका पौडेल