कला

कविहरू श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्की सम्मानित

क्याप्शन

साहित्यिक पत्रकार संघले कविहरू श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको व्यथित काव्य सम्मान समर्पण गरेकाे छ। सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठान पूर्व कुलपति वरिष्ठ कवि बैरागी काँइलाले प्रदान गरेका थिए। साथै प्रमुख अतिथि काइँलाले अमेरिकाबाट आएका कवि शेखर ढुङ्गेललाई खदा लगाएर स्वागत सम्मान गरेकाे थियाे।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा सम्मानित कविहरूको परिचय कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइला, अध्यक्ष राधेश्याम लेकाली, सम्मानित कविहरू श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले आआफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा संघका सदस्य चर्चित निबन्धकार युवराज नयाँघरेले अतिथिहरूलाई खदा लगाएर सम्मान गरेका थिए। साथै संघका कार्यसमिति सदस्य डा.दामोदर पुडासैनीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन कवि एवं चर्चित पत्रकार ठाकुर बेलबासेले गरेका थिए।

कार्यक्रममा संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरू प्रमोद प्रधान, श्रीओम श्रेष्ठ, प्राडा गोविन्दमान सिंह कार्की, पवन आलोक, प्रद्युम्न जोशी, विक्रमभक्त जोशी, मनोज नेउपाने, मुरारि सिग्देल, ममता मृदुल, कल्पना खरेल, रन्जना निरौला, रमेश दाहाल, दिलीप अधिकारी, सरस्वती गौतम, मीन ब्रजाचार्य, भरत सुवेदी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २२ माघ २०८० १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App