कला

पवन आलोक नियात्रा पुरस्कार ‘मिसर’ लाई

नियात्रा समाज नेपालले २०७९ सालको पवन आलोक नियात्रा पुरस्कार साहित्यकार इल्या भट्टराईको नियात्राकृति ‘मिसर’ लाई प्रदान गर्ने भएको छ। समाजका अध्यक्ष तथा नियात्राविद् प्रतीक ढकालको संयोजनमा संस्थापक पवन आलोक र साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ को छनोट समितिले उक्त निर्णय गरेको हो।

नियात्राकार पवन आलोकको नाममा उनकी धर्मपत्नी रेखा कंडेलले स्थापना गरेको यस पुरस्कारको राशि सम्मानपत्रसहित २५ हजार रूपैया रहेकाे छ। उक्त पुरस्कार आउँदाे फागुन २ गते श्रीपञ्चमीमा अर्पण गरिंदै छ। यस पुरस्कारबाट नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ र भीष्म उप्रेती यसअघि नै सम्मानित भइसकेका छन्।

प्रकाशित: २० माघ २०८० १२:१६ शनिबार

अक्षर नियात्रा समाज नेपाल