कला

सात स्रष्टालाई अक्षरमार्ग सम्मान

अक्षरमार्गले सात स्रष्टालाई सम्मान गरेको छ। वार्षिक उत्सवको अवसरमा स्रष्टाहरू नगेन्द्रराज शर्मा, सनत रेग्मी, केके कर्माचार्य, गायत्री श्रेष्ठ, श्रीकृष्ण मर्हजन, सुभद्रा बम्जन र डा.गोपाल पौड्याल ‘मण्डने’ लाई सम्मान गरिएको थियो।

नगेन्द्रराज शर्माले साहित्यकार ध्रुवकृष्ण ताम्राकारद्वारा मातापिताको स्मृतिमा स्थापना गरिएको कृष्णसुन अक्षरमार्ग पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए। रेग्मीले श्रीराम अक्षरमार्ग पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै केके कर्माचार्यले विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान प्राप्त गरेका छन्। साहित्यकार सूर्यप्रसाद लाकोजुले आफ्ना पिता विष्णुप्रसाद लाकोजु र माता हेममाया लाकोजुको स्मृतिमा स्थापना गरेका थिए।

त्यस्तै गायत्री श्रेष्ठले नरबहादुर अक्षरमार्ग पुरस्कार प्राप्त गरेकी थिइन्। उक्त पुरस्कार काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष प्रल्हाद केसीले आफ्ना पिता नरबहादुर केसीको स्मृतिमा स्थापना गरेका थिए। श्रीकृष्ण महर्जनले कृष्णदास अक्षरमार्ग पुरस्कार प्राप्त गरेका हुन्। उक्त पुरस्कार शिक्षासेवी राजेशकुमार श्रेष्ठले पिता कृष्णदास श्रेष्ठको स्मृतिमा स्थापना गरेका थिए।

त्यस्तै सुभद्रा बम्जनले ध्रुवमिरा अक्षरमार्ग मिराज पुरस्कार प्राप्त गरेकी छिन्। उक्त पुरस्कार लेखक ध्रुवनारायण जोन्छेले श्रीमतीका नाममा स्थापना गरेका थिए। त्यस्तै डा. गोपाल पौडेलले भरतराज अक्षरमार्ग पुरस्कार प्राप्त गरेका छन्। उक्त पुरस्कार उत्तम महतले पिता साहित्यकार भरतराज महतको स्मृतिमा स्थापना गरेका थिए।

अक्षरमार्गका अध्यक्ष तथा साहित्यकार सूर्यप्रसाद लाकोजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल साहित्यक पत्रकार संघका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवाल, नेपाल सष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ राेदन, विजयराम कर्माचार्य र पवन आलोक र सम्मानित स्रष्टाहरूले मन्तव्य राखेका थिए।

सोही कार्यक्रममा सूर्य लाकोजूका सिर्जना लेखनकला र अक्षरका स्वरूप मुक्तकसंग्रह  दुई कृति पनि लोकार्पण गरिएको थियाे।

प्रकाशित: १४ माघ २०८० ०८:०८ आइतबार

अक्षर