कला

कन्यामको त्यो वाचा तोडेर नजानू!

मुक्तक

१) मुक्तक

बेहिसाब माया गरेँ तिमीलाई,

झर्केर ऑखा तरेँ तिमीलाई।

सहन्न नजर डुलाएको प्रिय,

प्रेमभकारीमा भरेँ तिमीलाई।

२) मुक्तक

पूरा हुन् तिम्रा भावेष चाहना,

राख्छु म प्रिय विशेष भावना।

झुक्किएर पनि नटेक्नु काँडो,

जन्मदिनको अशेष शुभकामना।

३) मुक्तक

कहिले तिम्रो हात समाएर घुमेँ,

डाँडापाखा उत्पात रमाएर झुमेँ।

माया गरेकी छु ठट्टा हो र प्रिय,

तिम्रो अधरमा कति मात्तिएर चुमेँ।

४) मुक्तक

बलेको आगोसरि मन जलेको छ,

कैयन पीडा पलभरमा गलेको छ।

थाहा छ मेरो खुसी रमाउँछौ तिमी,

मुहार मेरो नामज्वाला चलेको छ।

५) मुक्तक

मेरो माया धेरै भएर मात नलागोस्,

उपहार हो यौवन घात नलागोस्।

उत्साहित होस जिन्दगानी सधैंसधैं,

सम्हाल्नु आफूलाई बात नलागोस्।

६) मुक्तक

आउ हामी गाउँगाउँमा खेलौं भैलो,

मनको कुनाकुनाको पखालौं मैलो।

प्रेमले रङको रङ्गोली बनाउ आँगनमा,

सबै दाजुभाइको घरको उजेलौं दैलो।

७) मुक्तक

खुसी हुँदै बजाउने तिमी ताली बन्नु,

ईश्वरलाई चढाउने पूजा थाली बन्न।

गरिबको पीडा धेरै गरिब छन् जनता,

उनको पेट भर्नलाई अन्न बाली बन्नु।

८) मुक्तक

आकाश मेरो हो भनी ठान्छ बाज,

धर्ती मेरै हो सोचेर छान्छ काज,

निर्वस्त्र हुन्छ बारम्बार आफू अनि,

सुकिलो कुरा अरे उस्ले मान्छ लाज।

९) मुक्तक

प्रिय भन्दै छु मलाई छोडेर नजानू,

कन्यामको त्यो वाचा तोडेर नजानू।

मायाको डोरीले बाँधेँ भनेको सम्बन्ध,

दरिलो गास्छु पाइला मोडेर नजानू।

०) मुक्तक

म तिम्रो आँगनमा फुलेको फूल हुँ,

तिमीले मन नपरेर भुलेको भुल हुँ।

फक्रनु मेरो धर्म हो, प्रेम कर्म,प्रिय।

कपडा बने गुम्बामा झुलेको तुल हुँ।

प्रकाशित: १३ माघ २०८० ०३:४७ शनिबार

अक्षर