कला

पुनामा पढेर फर्कि कलाकार

काठमाडौं– फिल्म एन्ड टेलिभिजन इनिष्टिच्युट अफ इण्डिया(एफटीआइआइ) पुनेले प्रदान गरेको २० दिने स्क्रिन एक्टिङ कोर्स पूरा गरेर २० नेपाली कलाकारहरू स्वदेश फर्किएका छन् । उनीहरु एफटीआइआइमा गत फेब्रुअरी १२ देखि मार्च ३ सम्म भएको प्रशिक्षणमा सहभागी भएका थिए।

भारतीय दूतावास र एफटीआइआइले पहिलो पटक आयोजना आफ्नो देश बाहिरबाट कलाकारलाई प्रशिक्षण दिएको कार्यक्रममा नेपालबाट मलिना जोशी, आस्मा दाहाल, संयम पुरी, मोहम्मद वर्सी, यशराज गरच, रोहित रुम्बा, सन्जित भण्डारी, गोपाल दाहाललगायतका कलाकारले सहभागिता जनाएका थिए।

कार्यक्रमको समापनमा बलिउडका प्रख्यात निर्देशक सुवास घईले सहभागी कलाकारलाई प्रमाणपत्र दिएका थिए । नेपाली चेली तथा बलिउड नायिका मनिषा कोइरालाले घईकै निर्देशनमा बनेको फिल्म ‘सौदागर’बाट डेब्यु गरेकी थिइन् ।
 

प्रकाशित: २२ फाल्गुन २०७४ ०५:५६ मंगलबार

पुनामा पढेर फर्कि कलाकार