कला

टेलिभिजनमा फर्किँदै सलमान

मुम्बई – बलिउड अभिनेता सलमान खान छिट्टै टेलिभिजन पर्दामा देखिने भएका छन्। सानो पर्दाको कार्यक्रम ‘बिग बोस ११’को सफलतापछि सलमान सोनी च्यानलमार्फत ‘१० का दम’ लिएर टेलिभिजनमा कम ब्याक गर्न लागेका हुन्। 

सोनी टेलिभिजनले शनिबार ट्वीटरमार्फत ‘१० का दम’ कार्यक्रमको पहिलो प्रोमो सार्वजनिक गरेको छ। प्रोमोमा सलमानले ‘तपाईहरु अनुमान लगाउँदै रहनुस की म कहिले टिभीमा फर्किरहेको छु’ भनेका छन्।

यो कार्यक्रम मे महिनादेखि प्रसारणमा आउने बताइएको छ।

‘१० का दम’ पहिलेका दुई सीजनको तुलनामा बढी प्रभावकारी र मनोरञ्जनात्मक हुने दाबी गरिएको छ।

प्रकाशित: १९ फाल्गुन २०७४ १२:०३ शनिबार

टेलिभिजनमा फर्किँदै सलमान