कला

'एक्टर' बाट फिल्ममा कमब्याक गर्दै राजबल्लभ कोइराला

नायक राजवल्लभ कोइराला चलचित्र ‘एक्टर’ बाट नेपाली फिल्ममा कमब्याक गर्ने भएका छन्।

शुक्रबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। यसअघि फिल्ममा अभिनेता प्रदीप खड्का र आना शर्मा अनुबन्धित भइसकेका छन्।

कोइरालाले सन् २००७ मा फिल्म 'पर्खि बसेँ' बाट अभिनयको सुरूवात गरेका थिए। उनी अमेरिका पुगेपछि फिल्म क्षेत्रबाट टाढिएका थिए। तर अब चलचित्र ‘एक्टर’बाट नेपाली फिल्ममा कमब्याक गर्ने भएका छन्।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको चलचित्रमा थमन कुमार भण्डारीको लगानी रहनेछ। सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी छन्।

नरेन्द्र मैनालीको छायांकन रहने चलचित्र सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ।

प्रकाशित: ५ माघ २०८० १०:२८ शुक्रबार

नायक राजवल्लभ कोइराला चलचित्र ‘एक्टर’