कला

सरोजका ‘यादहरु’ सार्वजनिक

काठमाडौं– गीतकार सुदन डोटेल तथा संगीतकार सरोज प्याकुरेलको एकल संगीत रहेको गीति संग्रह ‘यादहरू’ काठमाडौंमा लोकार्पण गरिएको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा, संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, गायकद्वय रामकृष्ण ढकाल तथा आनन्द कार्कीसहितका व्यक्तित्वले सुगम संगीतमा आधारित उक्त गीति एल्बम लोकार्पण गरेका हुन् । सार्वजनिक भएको उक्त एल्बममा विभिन्न गायक–गायिकाको स्वरका पा“च वटा गीतहरू समावेश छन् ।
लोकार्पण समारोहमा प्रमुख अतिथि संगीतकार बास्कोटाले गीतकार डोटेलका शब्दहरूको प्रसंसा गर्दै उनलाई सांगीतिक क्षेत्रमा स्वागत गरे ।

झण्डै डेढ दर्जन गीतहरू रेकर्ड गराइसके पनि ‘यादहरू’ गीतकार डोटेलको पहिलो एकल एल्बम हो । बास्कोटाले संगीतकार प्याकुरेलमा सांगीतिक क्षमता रहेको टिप्पणी गर्दै  उनको उज्ज्वल सांगीतिक भविष्यको कामनासमेत गरे । संगीतकारको रुपमा प्याकुरेलको पनि यो पहिलो एल्बम हो।संगीतकार सुरेश अधिकारीले गायकको रुपमा करियर प्रारम्भ गर्न चाहेका सरोज प्याकुरेल आफ्नै सुझाव अनुसार संगीतकार बन्न सफल भएकोमा खुशी लागेको धारणा व्यक्त गरे ।समारोहमा संगीतकार प्याकुरेल तथा गीतकार डोटेलले गीति एल्बम तयार पार्ने क्रममा भोगेका तीता–मीठा क्षणका बारेमा रमाइला प्रसंग प्रस्तुत गरेका थिए।

विमोचित एल्बमका गीतहरुमा रामकृष्ण ढकाल, आनन्द कार्की, स्वरुपराज आचार्य, हेमन्त शर्मा तथा रीता केसीका स्वरका गीतहरु समावेश गरिएका छन् ।समारोहमा गायक आनन्द कार्कीले संग्रहमा समावेश ‘कहिले तिमी याद’ शीर्षकको गीत प्रत्यक्ष सुनाएका थिए ।समारोहमा संगीतकार सरोज प्याकुरेलकै निर्देशनमा तयार भएको ‘म भन्दा माथि मेरो देश छ’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । उक्त राष्ट्रिय गीतमा गायक रामकृष्ण ढकालको स्वर समावेश छ ।

 

प्रकाशित: १४ फाल्गुन २०७४ ०३:१० सोमबार

सरोजका यादहरु सार्वजनिक