कला

के श्रीदेवीलाई मुटुको समस्या थियो ?

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको आइतबार विहान ५४ वर्षको उमेरमा दुबईमा निधन भयो। दुबईमा पारिवारिक विहे समारोहमा सहभागी हुन पुगेकी उनको निधन कार्डिएक अरेस्ट (अचानक मुटु बन्द हुनु) कारण भएको बताइएको छ।

कार्डिएक अरेस्टबाट निधन भएपछि श्रीदेवीलाई मुटुको समस्या थियो की ? भन्ने प्रश्न उब्जिएको छ। दर्शक र शुभचिन्तकबाट यस्तो प्रश्न उठेपछि श्रीदेवीका देवर सञ्जय कपुरले कुनै विरामी नरहेको प्रतिक्रिया दिएका छन्। दुबईमा खलीज टाइम्स पत्रिकासँग कुरा गर्दै सञ्जयले ‘उहाँ (श्रीदेवी)लाई कहिले पनि मुटुसँग जोडिएको कुनै रोग थिएन’ भनेका छन्।

श्रीदेवको शवलाई दुबईबाट राति ८ बजे मुम्बई ल्याइँदैछ। 

चिकित्सकका अनुसार कार्डिएक अरेस्टबाट निधन भएकी श्रीदेवीलाई बचाउन सकिन्थ्यो भन्ने तर्क गरिन्छ। उनको उमेर (५४) अनुसार समयमै उद्दार गरेको भए मृत्यु हुने थिएन। उनको उमेरमै कार्डिएक अरेस्ट हुनु दुर्लभ घटना हो।

कार्डियक अरेस्ट र हर्ट अट्याकमा के फरक छ ?

भारतीय सञ्चारमाध्यमका अनुसार आइपीएएस डेभलपमेन्ट फाउण्डेशनका वरिष्ठ स्वास्थ्य निर्देशक डा छाया तिवारीले कार्डियक अरेस्ट र हर्ट अट्याकमा थुप्रै अन्तर हुने बताए। उनका अनुसार कार्डियक अरेस्ट हुँदा पनि विरामीलाई बचाउन सकिन्छ। 

यद्यपी यो कार्डिक अरेस्ट कुन गतिमा भयो भन्नेमा भर पर्छ। यदि यो तीव्र गतिमा भयो भने विरामीको बाच्ने सम्भावना कम हुन्छ। तर यदि तत्काल सीपीआर (कृत्रिम श्वासप्रश्वास) दिन सकियो भने विरामीलाई बचाउन सकिन्छ।

प्रकाशित: १३ फाल्गुन २०७४ ११:४७ आइतबार

श्रीदेवीलाई मुटुको समस्या थियो