कला

दमदार डाइलगले भरिएको छ ऋतिक र दिपिका अभिनित 'फाइटर'

बलिवुड अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपिका पादुकोण अभिनित चलचित्र 'फाइटर'को ट्रेलर सार्वजनिक भएको छ। 

भारतको गणतन्त्र दिवसको अवसर पारेर २५ जनवरीमा रिलिज हुने चलचित्र फाइटरको ट्रेलरले दर्शकको मन जित्न सफल भएको छ।

सिद्धार्थ आन्दद्वारा निर्देशित चलचित्र फाइटरको घोषणा भएदेखि नै दर्शक यसको वेग्र प्रतिक्षामा छन्। पहिलोपटक ऋतिक र दिपिका साथमा अभिनय गरिरहेको यस चलचित्रमा एरियल एक्शन देख्न पाइने छ।

चलचित्रमा दिपिका र ऋतिक बाहेक अनिल कपुर, करण सिंह ग्रोवर, अक्षय ओबरोय र सञ्जीदा शेख पनि मुख्य भूमिकामा छन्।

एक्शन, प्रेम र दमदार डाइलगले फाइटरलाई दर्शकको थप माया भेटिरहेको छ।  

प्रकाशित: २ माघ २०८० ०६:२८ मंगलबार

बलिवुड ऋतिक रोशन दिपिका पादुकोण फाइटर ट्रेलर भारत गणतन्त्र दिवस