कला

अदालत गुहारिन प्रिया प्रकाशले

मुम्बई – साउथ इण्डियनतर्फको मलयालम फिल्मको एकै गीतबाट चर्चामा आएकी अभिनेत्री प्रिया प्रकाश वारियर सर्वाेच्च अदालत पुगेकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गीतले मुस्लिमको भावनामा चोट पुर्याएको भन्दै आफूविरुद्ध दर्ता भएको उजुरी रद्द गराउन प्रिया प्रकाशले रिट निवेदन दायर गरेकी छन्। 

सामाजिक सञ्जाल (युट्युब)मा १० दिन अगाडि सार्वजनिक उनको गीतको भिडियोलाई अहिले ३५ लाखभन्दा बढी मानिसले हेरिसकेका छन्। बलिउडका हस्ती समेत उनको सुन्दरताबाट प्रभावित भएका छन्।  

गीत भाइरल भएसँगै प्लस टु मा पढ्दै गरेकी १८ वर्षीय प्रिया र निर्देशकविरुद्ध हैदराबाको फलकनुमा पुलिस स्टेशनमा एफआईआर दर्ता भएको छ। यसका अलाबा मुम्बई पुलिस र महाराष्ट्रको औरंगाबामा पनि उनीविरुद्ध उजुरी दर्ता भएको छ।

उनको म्युजिक भिडियोमा आँखा झिम्काएको (आँखो मारेको) दृश्यमा कैयौले आपत्ति जनाएका छन्, जुन युवामाँझ चर्चित बनेको छ। 

प्रकाशित: ८ फाल्गुन २०७४ १४:५६ मंगलबार

अदालत गुहारिन प्रिया प्रकाशले