कला

आँचलको मुख्य भूमिकामा ‘एक मुठ्ठी बादल’

फिल्म ‘एक मुठ्ठी बादल’ मा आँचल शर्मा मुख्य भूमिकामा देखिने भएकी छिन्।  सहारा शर्माले निर्देशन गर्न लागेको फिल्ममा शर्मा मुख्य भूमिकामा देखिन लागेकी हुन्।

फिल्ममा आँचलसंगै सहयोगराज अधिकारी पनि देखिदै छन्। फिल्मलाई लिएर अभिनेत्री आँचल शर्मा उत्साहीत देखिएकी छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्टर सेयर गर्दै लेखेकी छन्, ‘पुस्तौंदेखि चलिरहेको त्याग र बलिदानको परम्परामा के उनले कहिल्यै आफ्नो आकाशको अंश दाबी गर्न पाउलिन् रु एक मुठ्ठी बादल आमा छोरीहरु बीचको अनौठो सम्बन्धको श्रुति मधुर संगीत हो। अराजकतालाई अँगाल्ने, अपूर्णतामा उत्सव मनाउने र सामान्यलाई असामान्य बनाउने नेपाली नारीका गाथा आउनुस् फेरि नयाँ धूनमा सुनौं।’

पारिवारिका विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको निर्माता अभिमन्यु दीक्षित हुन्। फिल्मको छायाङ्कन आगामी फेब्रुअरीमा पोखरामा हुनेछ।

प्रकाशित: २७ पुस २०८० ०७:४१ शुक्रबार

आँचल शर्मा फिल्म ‘एक मुठ्ठी बादल’