कला

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

काठमाडौं । गायक वीरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शकश्रोता समक्ष आएका छन्। पेशाले नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक पदमा कार्यरत जोहारीले ‘याँ सम्झिन्या कोई भएन’ बोलको गीत सांगीतिक बजारमा लिएर आएका हुन। 

देउडा साहित्यकार पदम खड्काको शब्द संकलन रहेको गीतमा जोहारीलाई गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छन्। गीतको भिडियो काठमाडौं र आसपासका क्षेत्रमा छायांकन गरिएको छ। 

म्युजिक भिडियोमा राजेश खड्का र करिश्मा ढकालले अभिनय गरेका छन्। म्युजिक भिडियोमा विरेन्द्र भाट ‘विपिन’को निर्देशन र हरिश महराको छायांकन रहेको छ। 

गायक जोहारीका गीत सुदूर र मध्यपश्चिमसँगै छिमेकी भारतको कुमाउ–गढवाल क्षेत्रका दर्शकको रोजाइमा पर्ने गर्छन। उनले यसअघि ‘मुई डोली चढ्न्या बेला तुई कसो लागला’, हरियाली खेतको बालो’ लगायत दर्जनौं गीतमा स्वर दिइसकेका छन्।

 

प्रकाशित: ६ फाल्गुन २०७४ ११:१८ आइतबार

जोहारीको याँ सम्झिने कोई भएन को भिडियो सार्वजनिक