कला

दयाहाङसँग नछुटेकी मिरुना

फिल्म  ‘गाउँ नै रमाइलो’ मा अभिनेत्री मिरुना मगरको इन्ट्री भएको छ।

दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘गाउँ नै रमाइलो’ को लिड रोलमा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी हुन्।

त्यसो त यसअघि यो फिल्ममा दयाहाङ राई र आर्यन सिग्देल अनुबन्धित भैसकेका छन्। फिल्ममा मिरुनाले यी दुईमध्ये अभिनेतामध्ये कोसँग अनस्क्रिन रोमान्स गर्नेछिन् भन्नेबारे निर्माताले केही बताएका छैनन्।

तर यसअघिका फिल्महरूमा दयाहाङ राई र मिरुना मगरको जोडिलाई दर्शकहरूले खुबै रुचाएका छन्। त्यसैले पनि यो फिल्ममा दयाहाङ राई र मिरुना मगरको जोडी देखिन सक्ने आङ्कलन गरिएको छ। हुन पनि मिरुनाका धेरै फिल्महरूमा दयाहाङ जोडिका रुपमा देखिएका छन्। फिल्महरूले पनि राम्रै कमाइ गरिरहेको छ।

यस्तै, फिल्म  ‘गाउँ नै रमाइलो’ मा बुद्धि तामाङको पनि प्रवेश भएको छ। यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्दै छन्।

फिल्मलाई आउँदो वर्षको दसैँमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ। क्लक वार्क क्रिएशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले गाउँको रोचक कथालाई प्रस्तुत गर्नेछ।

निर्माता कडरियाले बनाएको फिल्म ‘नाङ्गो गाउँ’ यो वर्षको हिट फिल्म हो। उनले फिल्म ‘नाङ्गो गाउँ २ र दुःखी आत्मा’ निर्माणको पनि घोषणा गरिसकेका छन्।

प्रकाशित: २२ पुस २०८० ११:५२ आइतबार

फिल्म ‘गाउँ नै रमाइलो’ दयाहाङ राई अभिनेत्री मिरुना मगर