कला

पूर्वमिस नेपाल अश्मी श्रेष्ठले गरिन् इन्गेजमेन्ट

पूर्वमिस नेपाल वर्ल्ड अश्मी श्रेष्ठले इन्गेजमेन्ट गरेकी छन्। उनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफूले इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन्।

सशांकलाल श्रेष्ठ नामका युवकसँग इन्गेजमेन्ट गरेकी हुन्। भिडियोमा सशांकले भुइँमा घुँडा टेकेर अश्मीलाई इन्गेजमेन्ट औँठी लगाइदिएका छन्। यो खुसीमा अश्मी रोएकी छिन्।

सशांकले औँठी लगाइदिँदा अश्मीले आशु पुछेकी छिन्। इन्गेजमेन्ट गरेको वरिपरि  ब्रुकलिन पुल, इस्ट रिभर र म्यानहटन राखेर ठाउँलाई सौन्दर्य बनाइएको छ। भुइँमा गुलाफ छरेर अझै राम्रो पारिएको छ।

उनीहरुले आफ्नो इन्गेजमेन्टलाई अविस्मरणीय बनाउन निकै मिहेनत गरेको भिडियोमा देख्न सकिन्छ। 

प्रकाशित: २० पुस २०८० ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App