कला

नेपथ्यको नयाँ गीत 'पचासै वर्षमा'

नेपालको चर्चित लोक रक ब्यान्ड नेपथ्यले पचासै वर्षमा सार्वजनिक गरेको छ। सामाजिक विसङ्गतिमाथि कटाक्ष गर्दै ब्यान्डले उक्त गीत सार्वजनिक गरेको हो।

नेपथ्यले सार्वजनिक गरेको ५ मिनेट २१ सेकेन्डको उक्त गीतमा आफूले बाँचेको कालखण्डको छोटो चर्चा गर्ने प्रयास गरिएको छ।

गीतमा सामाजिक विसङ्गतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतले अन्तिममा भने ‘अझै पनि इमान जमान भएका मानिस भेटिन सक्छ’ भनेर आशा पनि दर्शाइएको छ।

नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले छ वर्षअघि गीत सुरु भएको बताए।

उनले भने,  ‘म पचास वर्ष पुगेको बेला तनहुँका अनिल अधिकारीले मलाई एउटा गीत सुनाए। त्यसमा भएका शब्दमध्ये दुई लाइन रमाइलो लाग्यो। त्यस परिकल्पनालाई विस्तार गर्दै मैले अन्यत्र सुनेका टुक्का, आफैँले लेखेका केही हरफ मिसाउँदै अगाडि बढाएँ। केही वर्षसम्मै लगाएर परिमार्जन गरेपछि गीत यस रूपमा उभिएको हो।’

आफ्ना सिर्जनामा नयाँ–नयाँ प्रयोग रुचाउने अमृतले यस गीतको बीचमा मन्त्रपाठको भावना पनि समेटिएको उनले बताए।

प्रकाशित: १३ पुस २०८० ०५:४८ शुक्रबार

नेपाल चर्चित लोक रक ब्यान्ड नेपथ्य नेपथ्य सामाजिक विसङ्गति ब्यान्ड कालखण्ड गीत अमृत गुरुङ