कला

मौनता

लघुकथा

क्याप्शन

हजुरआमालाई अँगालो हाल्दै नातिनतिनाले ढोकामै स्वागत गरे र हजुरआमाको झोला समातेर भित्र दगुरे।

रमाले नाक खुम्च्याउँदै भनिन्, ‘कस्तो कोठा गन्हाएको! बाहिर राखिदिनुपर्छ नि।’

‘आफैंले नबोलेरै बाहिर राखिदिएहुन्थ्यो नि।’ रमाको बुढाले भने।

‘भै गो, म आफैं राख्छु बाहिर। हुन त हिजै धोएर लगाएकी हुँ। कोठाभित्र खोलेको मन परेन होला बुहारीलाई।’ राजकी आमाले भनिन्।

राजले भन्यो, ‘मलाई दिनुस् आमा।’

‘गन्हाएको  छैन त।’ राजले सुँघ्दै भन्यो।

उता पूजाकोठामा राखेका खराउमा ढोग्दै रमाले राधेराधे भन्दै थिइन्।

यता राजको आमा मौन थिइन्।

 -टीकाराम जोशी

प्रकाशित: १२ पुस २०८० ०८:१९ बिहीबार

अक्षर