कला

पछि हट्यो राजपूत सेना, ‘पद्मावत’ प्रतिबन्ध फुकुवा

मुम्बई - राजपूत करणी सेनाले सञ्जयलिला भन्सालीको फिल्म ‘पद्मावत’को विरोध स्थगित गर्ने बताएको छ

करणी सेना प्रमुखसहित अन्य केही पार्टी कार्यकर्ताले मुम्बईमा फिल्म हेरेको र फिल्मले राजपूतको इतिहास सहि ढंगबाट पस्किएर गौरवाम्वित बनाएको भन्दै फिल्ममा लगाइएको प्रतिबन्ध फुकुवा गरेको एक नेता योगेश्वर सिंहले बताए। 

‘फिल्ममा कुनैपनि त्यस्ता दृश्य छैनन् जसले अल्लाउदिन खिलजी र राजपूत घरानाकी रानी पद्मिनीको क्रियाकलापले करणी  सेनालाई आघात पुर्याओस्,’ नेता सिंहले भनेका छन्। 

आफ्नो इतिहास र संस्कृतिमाथि गम्भीर खेलबाड भएको भन्दै करणी सेनाले विरोध गर्दा भारतको राजस्थान, मध्य प्रदेश, गुजरातसहित विभिन्न क्षेत्रमा फिल्म प्रदर्शन हुन सकेको थिएन। करणी सेना पछि हटेसँगै अब यी राज्यमा पनि प्रदर्शन हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रकाशित: २१ माघ २०७४ १०:०६ आइतबार

हट्यो राजपूत सेना पद्मावत प्रतिबन्ध फुकुवा