कला

नराम्रा काम सबै राति हुँदैनन्

मुक्तक

(१) मुक्तक

पाइँदैन सारा कुरा माग्दैमा हजुर,

कहाँ हट्छ र समस्या भाग्दैमा हजुर।

अनुहार हेरेर मात्र चरित्र थाहा हुन्न,

फाइदा गर्दैन मीठो लाग्दैमा हजुर।

(२) मुक्तक

नराम्रा काम सबै राति हुँदैनन्,

मीठो बोल्ने सबै जाती हुँदैनन्।

फूलको बोटमा पनि काँडा हुन्छ,

अँगालो मार्ने सबै साथी हुँदैनन्।

(३) मुक्तक

मुस्कानभित्रै पीर हुन सक्छ,

झुपडीमा पनि खीर हुन सक्छ।

परिस्थिति सधैं एकनास हुँदैन,

कायर पनि त वीर हुन सक्छ।

(४) मुक्तक

विश्वास जब कसिलो हुँदैन,

सम्बन्ध पनि रसिलो हुँदैन।

तनमन सबै फाटिसक्यो,

टालटुल गर्दैमा हँसिलो हुँदैन।

(५) मुक्तक

अभाव छ,दबाब छ, प्यास बढछ,

दिन दिनै महँगीको व्यास बढछ।

हुँदा खानेको समस्या कस्ले बुझ्ने?

अनि पेट-पसल दुवैमा ग्याँस बढ्छ।

प्रकाशित: ९ पुस २०८० ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App