कला

फिल्म ‘एनिमल’ र 'कबिर सिंह' का लागि पहिलो रोजाइ थिइन् परिणीति

सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्म ‘एनिमल’ ले बक्स अफिसमा रेकर्ड तोडिरहेको छ। फिल्ममा रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्दना जस्ता नामी कलाकारको अभिनय रहेको फिल्मले राम्रो व्यापार गरेको छ।

फिल्म  ‘एनिमल’ बाट नै रश्मिकाले पहिलो पटक अभिनेता रणवीर कपूरसंग काम गरेकी थिइन्। तर हालै मात्र फिल्म निर्देशक सन्दीप रेड्डी वांगाले फिल्म एनिमलमा अभिनेत्रीको रुपमा रश्मिका नभएर परिणीति चोपडा पहिलो रोजाइ भएको बताएका छन्।

फिल्मको सुटिङ हुनु केही दिन अघि मात्र परिणीतिको ठाउँमा रश्मिकालाई लिएको उनले बताएका छन्।  उनले फिल्ममा भएको रोल गितान्जली परिणीतिलाई सुहाउँदो नदेखिएकाले  रश्मिका ल्याएको बताएका छन्।

रेड्डीले नै निर्देशन गरेको फिल्म 'कबिर सिंह' मा पनि अभिनेत्रीको रुपमा परिणीति नै पहिलो रोजाइ रहेको उनले बताएका छन्। यी दुबै फिल्म भारतीय बक्स अफिसमा सफल भएका छन्।

फिल्म ‘एनिमल ले बक्स अफिसमा .कुल ५१४ करोड रुपैयाँ कमाएको छ भने विश्वव्यापी रुपमा ८३५।९ करोड रुपैयाँ कमाएको छ।

शाहिद कपूर र कियारा आडवाणी स्टार फिल्म 'कबीर सिंह' २०१९ मा रिलिज भएको थियो। फिल्मले ३७९ करोड रुपैयाँ विश्वव्यापी संकलन गरेको थियो। यो सँगै फिल्म 'कबीर सिंह' २०१९ मा वर्षको तेस्रो सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको थियो। 

प्रकाशित: ८ पुस २०८० ११:२५ आइतबार

सन्दीप रेड्डी वांगा फिल्म ‘एनिमल’ रणवीर कपूर परिणीति चोपडा