कला

न्याय मरेको देश

दुई लघुकथा

१) सीता

एक युवा जोडी कोठामा बसिरहेका थिए। तिनीहरूले रामायणका पुस्तक पनि पढिरहेका थिए।

प्रसंग आयो, ‘रामले लोकको गाल टार्न आफ्नी गर्भिणी पत्नीलाई जंगलमा ऋषि आश्रममा पठाए।’

त्यतिबेला ती जोडीमध्ये युवतीले आफ्ना पतिलाई सोधिन्, ‘अहिलेका श्रीमतीले भए यो अवस्थामा रामलाई के गर्दिहोली?’

युवकले जवाफ दियो, ‘त्यो बेलाको राम जस्तो अहिलेका पुरुष गैरजिम्मेवारी छैनन् नि।’

२) न्याय मरेको देश

माइतीघर मण्डलामा डाक्टरहरूको भिड छ। ड्यूटीमा बसेको बेला विरामीका आफन्तले कुटपिट गरेकाले विरोधमा नाराजुलुस लाग्दैछ।

इमर्जेन्सी एम्बुलेन्स साइरन दिंदै हुइँकिएर त्यहीं बाटो जाँदैछ। सुरक्षाकर्मीले बाटो खाली गर्न सकेको छैन।

नाराजुलुसमै रोकिएको एम्बुलेन्सभित्रको विरामीले लामो सास तान्यो र परपर आँखा हेरी सधैंका लागि एम्बुलेन्सभित्रै ऊ सबैबाट बिदा लियो।

-मधुसूदनप्रसाद घिमिरे

प्रकाशित: ८ पुस २०८० ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App