कला

‘मेरो सेटमा हिरोइनमाथि दुर्व्यवहार गर्ने हिम्मत कसैको छैन’

मुम्बई – बलिउड अभिनेता शाहरुख खानले आफ्नो फिल्मको सेटमा महिलामाथि दुर्व्यवहार गर्ने कसैको हिम्मत नभएको बताएका छन्।

बीबीसीको हार्डटक कार्यक्रममा बलिउडमा लैगिंक समानता र भारतमा सांस्कृतिक भिन्नताका बारेमा कुरा गर्दै शाहरुखले भने– ‘जब म फिल्म निर्माण गर्छु वा काम गरिरहेको हुन्छु तब हामी महिलामाथिको व्यवहारलाई लिएर स्पष्ट हुन्छौं, साना साना कुरामा पनि महिलालाई ध्यान दिन्छौं, जस्तै, फिल्मको टाइटलमा उनीहरुको नाम पहिला आउछ, यद्यपी यसले हुने त केही होइन तर उनीहरुप्रति एउटा सम्मान हो।’

समानता ल्याउन साना साना कुराको आवश्यकता रहने भन्दै उनले अघि थपे– ‘हेर्नुस् हामीले आफूलाई कति सानो बनाएका छौं। कुनै युवतीको नाम अगाडि राख्दा स्पष्ट हुन्छ कि हामी कस्तो छौं। यसो गर्नुको उद्देश्य भनेको समानता नै हो।’

आफूले कहिल्यै पनि महिलामाथि दुर्व्यवहार गरेको वा गलत नजरले नहेरेको दाबी गर्दै उनले अन्तिममा भने– ‘म यो भन्न सक्छु कि मेरो सेटमा कोही पनि महिलामाथि दुर्व्यवहार गर्ने हिम्मत गर्न सक्दैन्, यो विषयमा म स्पष्ट छु।’

प्रकाशित: १७ माघ २०७४ १२:२५ बुधबार

मेरो सेटमा हिरोइनमाथि दुर्व्यवहार गर्ने हिम्मत कसैको छैन