कला

पद्मावत प्रदर्शन : भारतमा सुरक्षा व्यवस्था कडा

मुम्बई – सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’को प्रदर्शनसँगै भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। फिल्म विहीबारदेखि प्रदर्शनमा आएको छ।

खासगरी फिल्मको विरोध भइरहेका क्षेत्र राजस्थान, हरियाणा, गुजरात र मध्यप्रदेशमा सुरक्षा कडा पारिएको बीबीसीले जनाएको छ। अन्य क्षेत्रमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ। विभिन्न सहरमा फिल्म हलअगाडि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

फिल्म प्रदर्शनको असर राजधानी नयाँदिल्लीमा समेत परेको छ। स्कुल बसमा आक्रमणपछि दिल्लीका विद्यालय बन्द गरिएका छन्। विरोध भइरहेका क्षेत्रमा सिनेमा हलले फिल्म नचलाउने बताएका छन्।  

कट्टरपन्थी हिन्दू समूह राजपूत करणी सेनाले आफ्नो समुदायकी हिन्दू रानी ‘पद्मावती’लाई मुस्लिम राजा अलाउद्दिन खिलजीसँग प्रेम गरेको देखाएर आफूहरुको इतिहास र संस्कृतिको अपमान गरेको भन्दै विभिन्न राज्यमा प्रदर्शन गरिरहेको छ।

विरोधकै कारण यो फिल्मको प्रदर्शनमा झण्डै दुई महिना ढिलाई भएको थियो।

फिल्मको प्रदर्शनमा रोक लगाउन माग गर्दै प्रदर्शनकारीले सवारी जलाउनुका साथै सिनेमा हलमा आक्रमण गरेका छन्।

फिल्ममा रणवीर सिंह, दीपिका पादुकोण, शाहिद कपुरको अभिनय रहेको छ।

प्रकाशित: ११ माघ २०७४ ०८:४३ बिहीबार

पद्मावत प्रदर्शन भारतमा सुरक्षा व्यवस्था कडा