कला

कोमल वली राष्ट्रियसभामा निर्विरोध

दाङ – गायिका कोमल वली नेकपा एमालेका तर्फबाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएकी छिन्। यसको औपचारिक घोषणा माघ १५ गते गरिनेछ।

बुधबार प्रदेश नम्बर ५ बाट महिलातर्फ उम्मेदवारी दिएकी वलीसहित एमोलकी मिना बुढा र कांग्रेसकी अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन्। महिला कोटामा तीनै जनाविरुद्ध अन्यको उम्मेदवारी नपरेपछि निर्विरोध भएको निर्वाचन अधिकृत हेमन्त रावलले बताए।

तर अहिले नै निर्वाचित भएको भन्न नमिल्ने उनको भनाई छ। ‘आयोगले १५ गते औपचारिक रुपमा घोषणा गर्छ, यो बीचमा कसैले उम्मेदवारी फिर्ता लिन सक्छ भने विरुद्धमा उम्मेदवारी पर्नसक्छ। अहिले नै हतार नगरौं,’ उनले भने।

प्रकाशित: १० माघ २०७४ १४:३० बुधबार

कोमल वली राष्ट्रियसभामा निर्विरोध