कला

दान्भीको ट्रिजरमा पूजाको भिलेनलाई धुलाई गर्नेदेखि स्टन्टसम्मको दृश्य

फिल्म दान्भीको ट्रिजर सार्वजनिक भएको छ। फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता कुन्साङ बोमजोमको अभिनय रहेको छ।

फिल्मको ट्रिजरमा पूजालाई एक्सन दृश्यमा देखाइएको छ। अहिलेसम्म लभस्टोरी फिल्ममा देखिएकी पूजाले यो फिल्ममा नयाँ गर्न खोजेकी छिन्। उनले आफूलाई एक्सन अभिनेत्रीको रुपमा पनि चिनाउन खोजेकी छिन्।

फिल्मको ट्रिजरमा भिलेनलाई धुलाई गर्नेदेखि खतरनाक स्टन्ट दृश्यमा पूजा प्रस्तुत छिन्। १ मिनेट ३३ सेकेण्ड लामो टिजर जलिरहेको चिताको दृश्यबाट सुरु छ। पृष्ठभूमिमा पूजाको ‘भ्वाइस ओभर’ राखिएको छ। उनी टिजरमा समावेश एक्सन दृश्यमा छरितो देखिएकी छन्।

चलचित्रको निर्देशन रुपेश तामाङले गरेका छन् भने फिल्ममा कथा रविना थापा मगरको छ। पटकथा तथा संवाद संजोग रानाको छ। फिल्ममा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ। अनुप गदाल र देव मगरको लगानीमा तयार भइरहेको यो फिल्ममा कमला लिम्बू र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन्।

प्रकाशित: २९ मंसिर २०८० ०७:४८ शुक्रबार

अभिनेत्री पूजा शर्मा फिल्म दान्भी अभिनेता कुन्साङ बोमजोम