कला

श्रेयाको ‘मनचरी’ सार्वजनिक

काठमाडौँ – गायिका श्रेया सोताङको मनचरी बोलको गीत सार्वजनिक भएको छ । गायिका सोताङको एल्बम प्रेलुडमा समावेश गरिएको उक्त गीतलाई कल्याण सिंहले संगीत दिएका छन्।

रवि मल्लको शब्द रहेको उक्त गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् । गीतको भिडियोलाई धिरज जंग शाहले खिचेका छन् भने विकास धमालाले सम्पादन गरेका छन्।

राजिव समरको कोरियोग्राफी रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

प्रकाशित: ७ माघ २०७४ ०७:४७ आइतबार

श्रेयाको मनचरी सार्वजनिक