कला

‘धेरै माया नगर्नू यहाँ कसैलाई’ सार्वजनिक

गायिका पूर्णिमा लामाको गीत ‘धेरै माया नगर्नू यहाँ कसैलाई’ सार्वजनिक भएको छ। घाँटीको समस्याका कारण चिकित्सकको सल्लाहमा गायनबाट केही समय टाढा रहेकी गायिका लामाले गोविन्दमधुर आचार्यको शब्द तथा संगीतमा यो गीत ल्याएकी हुन्।

‘स्वास्थ्यका कारण लामो समय गीतसंगीतबाट टाढा रहनुपर्दा असहज महसुस भएको थियो। लामो समयपछि आएको यो गीतले गायनयात्राको विश्रामलाई पूर्णविराम लगाएको छ,’ लामाले भनिन्, ‘यसबीच मैले मेरा भगवान्रूपी दर्शकको अभाव महसुस भइरहेको थियो। यो गीतले त्यो अभाव पनि मेटाइदिएको छ।’

यसअघि लामाका ‘फूल भनूँ जिन्दगीलाई’, ‘मुटु जली खरानी भो’लगायत गीतलाई दर्शकले मन पराएका थिए। ‘धेरै माया नगर्नू यहाँ कसैलाई’ गीतको रेकर्डिङ मालश्री रेकर्डिङ स्टुडियोमा गरिएको हो।

प्रकाशित: २८ मंसिर २०८० ०१:४२ बिहीबार

‘धेरै माया नगर्नू यहाँ कसैलाई’ पूर्णिमा लामा गायिका