कला

सिड्नीको समुन्द्री तटमा सुन्दर स्वस्तिमा

अभिनेत्री स्वस्तिमा खड्का यतिबेला अष्ट्रेलियामा छिन्। फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का  ‘दिमाग खराब’ को प्रचार प्रसारका लागि अष्ट्रेलिया पुगेका हुन्।

अष्ट्रेलिया पुगेकी स्वस्तिमाले यतिबेला आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा सार्वनजिक गरिरहेकी छिन्। विशेषगरी उनले सिड्नीको समुन्द्री तटमा रमाइरहेको तस्बिर  इन्स्टाग्राममा हालेकी छिन्।

इन्स्टाग्राममा स्वस्तिमाले सिड्नी बिचमा रमाइरहेको भिडियो र तस्बिर पोस्ट गरेकी छन्। त्यसमा उनी बिकिनीसहित सेतो र हरियो स्ट्रिपको ड्रेसमा देखिएको छिन्।

नेपालमा ‘दिमाग खराब’ को सफलतापछि उनीहरु अष्ट्रेलियामा पनि फिल्म प्रदर्शनका लागि पुगेका हुन्। यो फिल्ममा स्वस्तिमाको शीर्ष भूमिका छ जहाँ उनले एक ग्रामिण गृहणीको भूमिका निर्वाह गरेकी छन्।

फिल्ममा खगेन्द्रसहित दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ।

प्रकाशित: २७ मंसिर २०८० ०७:५७ बुधबार

अभिनेत्री स्वस्तिमा खड्का ‘दिमाग खराब’ निर्देशक निश्चल बस्ने