कला

७३ वर्षको उमेरमा पनि रजनीकान्तले लिन्छन् २१० करोड पारिश्रमिक

साउथ सुपरस्टार रजनीकान्तले आज जन्मदिन मनाउँदै छन्। १२ डिसेम्बर १९५० मा बेंगलुरुको एक मराठी परिवारमा जन्मेका रजनीकान्त ७३ औं जन्मदिन मनाउँदै छन्।

सन् १९७५ मा फिल्म  ‘कथा सङ्गम’ बाट अभिनयको दुनियाँमा प्रवेश गरेका उनलाई आज कुनै परिचयको आवश्यकता छैन। उमेर बढेसँगै उनको फ्यानहरू पनि उतिकै बढी रहेका छन्।

रजनीकान्त दक्षिण भारतीय फिल्ममा मात्रै नभई बलिउड फिल्ममा पनि आफ्नो छाप छोड्न सफल भएका छन्।

यही वर्ष रजनीकान्तको फिल्म जेलरले ६०० करोडभन्दा बढी कमाई गरेर तमिल सिनेमाको इतिहास नै बदलेको थियो। रजनीकान्त दक्षिणका एक मात्र अभिनेता हुन् जसका दुई तमिल फिल्मले ५०० रुपैयाँभन्दा बढी कलेक्सन गरेका छन्।

रजनीकांतले फिल्म जेलरका लागि २१० करोड भारु पारिश्रमिक लिएका थिए। उनी दक्षिण भारतका मात्रै नभई भारतका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन्।

घरको खराब अवस्थाका कारण अभिनेता रजनीकान्तले भरियादेखि बस कन्डक्टरसम्मको काम गरेका छन्। बसमा टिकट बुकिङ गर्ने उनको अनौठो शैलीका कारण उनी बस चालक र कन्डक्टरमाझ निकै चर्चित थिए।

फिल्मी दुनियाँमा आफ्नो नाम कमाएपछि रजनीकान्त पनि आफ्नो फरक स्टाइलका कारण चर्चामा रहे। हिन्दी सिनेमामा रजनीकान्तको यात्रा सन् १९८३ मा टी रामारावले निर्देशन गरेको फिल्म ‘अन्धा कानुन’ बाट सुरु भएको थियो। यस फिल्ममा अमिताभ र रजनीकान्तको जोडीले हलचल मच्चाएको थियो।

प्रकाशित: २६ मंसिर २०८० ०७:२१ मंगलबार

साउथ सुपरस्टार रजनीकान्त