कला

प्रतिभा सम्मान गुठीले नौ प्रतिभाको सम्मान गर्ने

प्रतिभा सम्मान प्रबन्ध गुठीले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ९ जनालाई सम्मान गर्ने भएको छ। गुठीका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालका अनुसार प्रतिभा सम्मान प्रबन्ध गुठीले हरेक वर्ष जिल्लाका तीन प्रतिभालाई सम्मान गर्दै आएकोमा २०७७ सालमा कोभिड १९ का कारण गर्न नसकेकाले यो वर्ष २०७७ सालदेखि क्रमशः २०७९ सम्म प्रत्येक वर्ष तीन जनाका दरले नौ जनालाई सम्मान गर्न लागिएको हो।

२०७७ सालको सम्मानबाट काभ्रेका तीन पत्रकार भोला थापा, मोतीराम तिमल्सिना र पत्रकार दिपक सापकोटा रहेका छन्। त्यस्तै २०७८ सालको सम्मानका लागि तिन साहित्यकार यादव खरेल, सूर्यप्रसाद लाकोजू र रत्नप्रसाद अनामणिलाई सम्मानका लागि छनौट गरिएको छ।

त्यस्तै कमला लामा, निरु बैदार र ज्योत्सना सैंजूलाई २०७९ सालको उद्यमी महिला प्रतिभाबाट सम्मान गरिने भएकाे छ।

उल्लिखित प्रतिभाहरूलाई नगदसहित आउँदाे पुस २८ गते सम्मान अर्पण गरिने वरिष्ठ साहित्यकार तथा गुठीका अध्यक्ष मोहन दुवालले जानकारी दिएका छन्।

प्रकाशित: २४ मंसिर २०८० ०८:२२ आइतबार

अक्षर