कला

गुटखाको विज्ञापन गरेको भन्दै बलिउडका ३ सुपरस्टारलाई पत्र

भारत सरकारले गुटखा उत्पादन कम्पनीको विज्ञापन गरेको भन्दै बलिउडका ३ सुपरस्टारलाई पत्र पठाएको छ।

केन्द्र सरकारले बलिउड अभिनेता अक्षय कुमार, शाहरुख खान र अजय देवगनलाई गुटखा कम्पनीको विज्ञापन किन गरेको भन्दै पत्र पठाएको बीबीसीले जनाएको छ।

अबहेलना सम्बन्धी रिटको जवाफ दिँदै केन्द्र सरकारले इलाहाबादको लखनऊ अदालतमा पत्र पठाएको हो।

केन्द्र सरकारले उक्त मामिलामा सुप्रीम कोर्टमा पनि सुनवाई जारी रहेको भन्दै हाई कोर्टमा दर्ता रिटलाई खारेज गर्न  लखनऊ अदालतलाई आग्रह समेत गरेको छ।

हाइप्रोफाइल अभिनेता र व्यक्तिहरूलाई सरकारबाट उच्च ओहदाको पुरस्कार दिने गरिएपनि उनीहरूबाट गुटखा कम्पनीको विज्ञापन हुनु राम्रो नभएको भन्दै रिटमा कारबाहीको माग गरिएको छ।  

प्रकाशित: २४ मंसिर २०८० ०५:१० आइतबार

भारत भारत सरकार गुटखा उत्पादन कम्पनी विज्ञापन बलिउडका ३ सुपरस्टार अक्षय कुमार शाहरुख खान अजय देवगन