कला

जापानी पूर्वपोर्नस्टार सोराद्वारा विहेको घोषणा

बेइजिङ – अभिनेत्री एवं जापानी पूर्वपोर्नस्टार सोरा एओईले विहेको घोषणा गरेकी छन्।

चीनमा सेक्सका बारेमा सचेतना जगाउने ‘शिक्षिका’ मानिने सोराको विहेको अनलाइन घोषणाले अहिले चिनियाँ सामाजिक सञ्जालमा तरंग ल्याएको छ। उनका दर्शक तथा शुभेच्छक उत्साहित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यो यसकारण हो कि उनले युवा चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरुको एउटा पुस्ताको जीवनमा आश्चर्यजनक रुपमा महत्वपूर्ण भुमिका निर्वाह गरिन्।

सोराले नयाँ वर्षको दिन सामाजिक सञ्जालमा इन्गेजमेन्टको औठीको एक तस्वीर शेयर गर्दै संसारभरका आफ्ना दर्शक र शुभेच्छकमाँझ विहेको घोषणा गरेकी थिइन्। उनको घोषणापछि प्रशंसकले ‘आफूहरु तपाईकै फिल्म हेरेर हुर्किएको र सधै तपाईको सहयोग गर्नेछौं’ भन्दै शुभकामना दिइरहेका छन्।

चीनकी सेक्स ‘शिक्षिका’ सोरा

सोराले सन् २००० को दशकमा पोर्नग्राफीबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन। उनले ९०भन्दा बढी युवकसँग पोर्न फिल्ममा अभिनय गरेको बताइन्छ। २००३ देखि २००५ सम्म उनी निकै चर्चित थिइन। उनका फिल्म हरेक महिना सार्वजनिक हुन्थे।

पोर्नग्राफी चीनमा प्रतिबन्ध छ। तर, सोराको फिल्मले चिनियाँ युवाहरुलाई यसरी तान्यो कि प्रतिबन्धको महसुस नै भएन। युवाहरु उनका फिल्म हेर्न मरिहत्ते गर्थे।

चिनियाँ सञ्चारमाध्यमका अनुसार किशोरावस्थामा उचित यौन शिक्षा नपाएका चिनियाँ युवाका लागि सोरा आफ्ना फिल्ममार्फत ‘शिक्षिका’को भुमिकामा प्रस्तुत भइन।

पोर्न चीनमा युवाहरुका लागि सेक्सको बारेमा जानकारी लिने एक प्रमुख स्रोत हो। किनकी सेक्स शिक्षा स्कुलमा मात्र सिमित छ र अधिकांश अभिभावक सेक्सको बारेमा आफ्ना बच्चालाई सिकाउनबाट टाढै रहन्छन्।

प्रकाशित: २ माघ २०७४ १०:२८ मंगलबार

जापानी पूर्वपोर्नस्टार सोराद्वारा विहेको घोषणा