कला

अनुपम रोशीको कथा संग्रह बजारमा

काठमाडौं– जैविक स्वतन्त्रता र यौन मनोविज्ञानलाई लेखनीको विषय बनाउदै आएकी आख्यानकार अनुपम रोशीको चौथौ कृतिका रूपमा ‘मध्यान्तर’ कथासंग्रह पाठकमाझ आएको छ । सोह्रकथा रहेको कथासंग्रहमा महिला पुरुषभित्र रहेका यौन मनोविज्ञान, प्रेम सम्बन्ध, सामाजिक, पारिवारिक समस्या सामाजिक परिवेशका विषयहरू समेटिएका छन् ।

राजधानीमा बुधबार एक कार्यक्रमबीच कथा संग्रह सार्वजनिक गरिएको हो । संग्रहको वरिष्ठ कथाकार माया ठकुरी, लेखक युग पाठक, डा. रजनी ढकाल, केशव सिग्देल तथा लेखक अनुपम रोशीले संयुक्त रूपमा विमोचन गरिएको उत्तल पुस्तकमाथि टिप्पणी गर्दै कथाकार ठकुरीले अनुपमको कथा लेख्ने शैैली र भाषा गजबको रहेको उल्लेख गरिन् ।

लेखक पाठकले भने अनुपम रोशीका कथाहरू परम्पराभन्दा भिन्न र शक्तिशाली रहेको टिप्पणी गरे । मानवभित्र लुकेका व्यवहारलाई कथासंग्रहबाट बाहिर ल्याउने प्रयत्न कथाकारको रहेको पाठकले दाबी गरे । अर्का टिप्पणीकार डा. रजनी ढकाल र केशव सिग्देलले रोशीको कथा शिल्प, विषय उठान र भाषा पाठकले रुचाउने खालको रहेको बताए । यसअघि लेखक रोशीका कुमारी आमा, नाङ्गो मान्छे र कालो छायाँ गरी तीन उपन्यास प्रकाशित भइसकेको छन् । ‘मध्यान्तर’ बिएन पुस्तक संसारले बजारमा ल्याएको हो ।

 

प्रकाशित: २८ पुस २०७४ ०१:३१ शुक्रबार

अनुपम रोशीको कथा संग्रह बजारमा