कला

आजदेखि काठमाडौंमा कला उत्सव

काठमाडौंमा आजदेखि पाँचदिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिवल)सुरु हुँदैछ।

कुल ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुन स्वदेशी तथा विदेशी कलाकार काठमाडौं आइसकेका छन्। कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने एक सय ५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन्।कार्यक्रमले नेपालको मौलिक पहिचान विश्वसामु पु¥याउन सहयोग पुग्ने कार्यक्रम संयोजक एनबी गुरुङले जानकारी दिए।

कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्यान्ड, बंगलादेश, भारत, अस्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइसकेका छन्।सहभागी गराइने तीन सय ४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी गराइएको छ।

अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा हुन लागेको मकला महोत्सव मंसिर २० सम्म चल्ने छ।उद्घाटनपछि नेपाल कला परिषद् बबरमहलमा विदेशी कलाकारको सहभागितामा कला डेमोस्ट्रेसन र सिकाइ आदानप्रदान हुने समाजका अध्यक्ष एवं महोत्सव संयोजक गुरुङले बताए।  

उनले झन्डै १३ देखि १४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जलरङ महोत्सवअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारलाई नगरकोट लगेर सूर्योदय र सूर्यास्तको दृश्यावलोकनसहित कला सृजना गराइने छ।

धेरै कलाकारले काठमाडौंको सम्पदा क्षेत्रका चित्र जलरङका माध्यमबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पस्कन पाइने र पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

यसअघि समाजले महोत्सवकै रूपमा लुम्बिनी, पोखरा, काठमाडौंलगायत विभिन्न क्षेत्रमा कला महोत्सव गरिसकेको छ।

प्रकाशित: १६ मंसिर २०८० ०७:२१ शनिबार

कला उत्सव तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिवल