कला

चीनमा सांगीतिक कार्यक्रम

ग्वान्जौ- एनआरएनन चीनले पहिलोपटक सांगीतिक कार्यक्रम आयोजा गरेको छ । नेपााली कलाकारहरुलाई निम्त्याई एनआरएनए एनसीसी चीनले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, गायकद्वय यम बराल, शिशिर योगी र प्रश्तोतामा सिस्नुपानी नेपालका महासचिव टंक आचार्यको प्रस्तुति थियोा । 

कार्यक्रममा मनोज गजुरेलले प्रवासी नेपालीहरुलाई व्यंग्य गरेका थिए । उनले नेपालीहरु जहाँ गएपनि सुरुमा एक्लो हुदाँ कवि हुने, दुई जना जम्मा भए पार्टनर बन्ने, तीन जना भएपछि संस्था खोल्ने र चार जना हुनासाथ संस्था दुई टुक्रा हुने चलन रहेको भन्दै व्यंग्य प्रस्तुत गरेका थिए । 

त्यस्तै यम बरालले मोहनी लाग्ला है, बादलुको घुम्टी, हेर हेर पूर्वबाट, माया बस्यो लगायतका गीत प्रस्तुत गरेका थिए । शिशिर योगीले भने सारङ्गी त रेटेपनि, यो देशमा, हास्नलाई ओठखोले, झम तारा झमझमलगायतका गीत प्रस्तुत गरे । 

कार्यक्रममा चीनको बेइजिङ्ग, सांघाइ, इयु, फुजियान, सेन्जेनबाट करिब तीन सय प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । 
 

प्रकाशित: २१ पुस २०७४ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App