कला

देवीको ‘मन’ सार्वजनिक

काठमाडौं– लेखक देवी न्यौपानेको पहिलो उपन्यास ‘मन’ बिहिबार सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा उनले सञ्चारकर्मीमाझ आफ्नो उपन्यास सार्वजनिक गरेका हुन् ।

उपन्यासमा बाल विवाहपछि एउटी किशोर आमाले भोग्नु परेको समस्यासँगै उनको संघर्षलाई मुख्य पात्र भावनाको दृष्टिकोणबाट परिवर्तन गरिएको बताए । ‘उपन्यासकी म पात्र भावना पाँचथरको दुर्गम गाउँबाट उच्च शिक्षाका लागि काठमाडौं आएपछि उनको संघर्ष र सफलताको कथामा यो उपन्यास केन्द्रित छ,’देवीले भने,‘उनले साधारण गाउँले युवतीबाट नायिकासम्म बन्दाको कथासँगै आफ्ना जीवनसँग जोडिएका अरु पात्रको कथा व्यथा पनि मुख्य पात्र भावनाले मनमा वाचन गरेकी छिन् ।’

दुई दशकको काल खण्ड, यो अवधिमा मुलुकको राजनीतिक, आर्थिक, शैक्षिक परिवर्तन र त्यसले समाजमा पारेको प्रत्यक्ष प्रभावको सेरोफेरोमा उपन्यासको कथा केन्द्रित छ । अहिलेको सहरीया समाजमा विवाह अघि युवायुवतीसँग बस्ने ‘लिभिङ टुगेदर’ प्रचलन र यसले निम्त्याएका विसंगतिको कथा पनि उपन्यासले भन्ने देवी बताए । सौगात बुक्स प्रकाशनले बजारमा ल्याएको उपन्यासको मूल्य ३ सय रुपैयाँ छ ।
 

प्रकाशित: २१ पुस २०७४ ०१:०४ शुक्रबार

देवीको मन सार्वजनिक