कला

कर्मयोगी गणेशराम लाछि सार्वजनिक

साहित्यकार, कलाकार तथा संस्कृतिकर्मी गणेशराम लाछिबारे लेखिएको पुस्तक कर्मयोगी गणेशराम लाछि एक समारोह बीच सार्वजनिक भएको छ। सो पुस्तक वाग्मती प्रदेशका माननीय कृषि तथा पशुपंछी मन्त्री डा.राजेन्द्रमान श्रेष्ठले लोकार्पण गरेका हुन्।

नौ खण्डमा विभाजित सो पुस्तक अक्षरमार्गले प्रकाशन गरेको हो। सो पुस्तकमा विभिन्न लेखकले गणेशराम लाछिका योगदानबारे चर्चा गरेका छन्। गणेशराम लाछिले नेपाली तथा नेपाल भाषा, साहित्यमा पुर्‍याएको योगदानबारे पुस्तकमा चर्चा गरिएकाे छ। साथै पुस्तकले नेपाली संस्कृतिको क्षेत्रमा लाछिले खेलेको उल्लेखनीय भूमिकाकाे पनि चर्चा गरिएकाे छ।

कुशल कलाकारिताका सन्दर्भ पनि पुस्तकमा चर्चा गरिएको छ। उक्त कार्यक्रममा लेखक लाछिले लेखेको नेपाल मण्डल वाग्मती प्रदेशका संगीत परम्परा नामक पुस्तकको पनि विमोचन गरिएको थियो। पुस्तक साहित्यकार सूर्यप्रसाद लाकोजूले सम्पादन गरेका हुन्।

प्रकाशित: ११ मंसिर २०८० ०४:५९ सोमबार

अक्षर