कला

'लिलीबिली’को गीत स्तानबुलमा छायांकन

काठमाडौं - नेपाली फिल्म ‘लिलीबिली’को टिम अन्तिम चरणको छायाँकनका लागि टर्की पुगेको छ । टर्कीको स्तानबुल शहरमा सो फिल्मको छायांकन भइरहेको निर्माता गोविन्द शाहीले जानकारी दिए।

‘चैतको ३० गते रिलिज गर्ने तयारीसहित धमाधम छायाँकन भइरहेको छ’ शाहीले नागरिकसँग भने। स्तानबुलमा सो फिल्मको एक गीतको छायांकन हुनेछ। जसका लागि फिल्मका नायक प्रदीप खड्का, अभिनेत्री प्रियंका कार्कीलगायतको टोली स्तानबुल पुगेको शाहीले बताए।

जसिता गुरुङ, अनुपविक्रम शाही, सविन श्रेष्ठलगायतका कलाकारहरूको अभियनय रहेको लिलीबिलीको अधिकांश भाग युरोपका विभिन्न देशमा छायांकन भएका छन्। मिलन चाम्स निर्देशित फिल्मको सम्पूर्ण छायांकन युरोपमा गरिएको छ। काफिया पिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको पनि लगानी रहेको छ।

प्रकाशित: १४ पुस २०७४ १०:३४ शुक्रबार

लिलीबिलीको गीत स्तानबुलमा छायांकन