कला

मिस युनिभर्समा दीपिका टप २० मा सीमित, उपाधि निकारागुआकी सेनिसलाई

मिस युनिभर्स २०२३ मा नेपालबाट प्रतिनिधित्व गरेकी जेन दीपिका ग्यारेट टप २० मा पुगेर बाहिरिएकी छन्।

'प्लस साइज मोडल' को रूपमा अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा बटुलेकी जेन दीपिका गर्रेट टप १० मा पुग्न असफल भइन्।

उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन्। २३ वर्षिया पलासियोस पेसाले टेलिभिजन होस्ट समेत हुन्। आमसञ्चारमा स्नातक उत्तीर्ण गरेकी छन्।

निकारागुआले पहिलो पटक मिस युनिभर्स टाइटल जितेको हो। एल-साल्भाडोरमा आयोजित भएको कार्यक्रममा ८४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले 'मिस युनिभर्स' को उपाधि जितेकी हुन्।  

प्रकाशित: ३ मंसिर २०८० ०७:५२ आइतबार

मिस युनिभर्स २०२३ जेन दीपिका ग्यारेट