कला

अतुल मिश्रलाई नाष्टको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले २०८० सालको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ।

५० हजार रुपैयाँ नगद र सम्मान पत्र सहितको उक्त पुरस्कार हरेक वर्ष विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गर्ने एक जना पत्रकारलाई प्रदान गरिन्छ।नाष्ट को ४६ औं प्राज्ञ सभाले उक्त निर्णय गरेको हो।

तीन दशक देखी पत्रकारिता गर्दै आएका मिश्रले  विज्ञान र स्वास्थ्य विषयमा कलम चलाउँदै आएका छन्।

सोसाइटी अफ हेल्थ केयर जर्नालिस्टका अध्यक्ष रहेका मिश्रले भारत लगायत विदेशी सञ्चार माध्यममा समेत दुई दशक भन्दा बढी समय देखि लेख्दै आएका छन्।  

प्रकाशित: ३ मंसिर २०८० ०२:५० आइतबार

अतुल मिश्रलाई नाष्टको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार