कला

तिहार

लघुकथा

उमङ्गीत वातावरण थियो। यमपञ्चक शुरू भैसकेको थियो। विदेशबाट छुट्टीमा आएको राजनसँग जुठेको भेट भयो।

‘आहा,कति रमाइलो चाड है, यो तिहार!’ राजनले जुठेसँग भन्यो।

‘खाेई, के रमाइलो भन्नु र ...?’ जुठेले निधार खुम्चायो।

‘सप्तरंगी टिका! मखमली र सयपत्री फूलको माला! झिलिमिली झल्लर! देउसी र भैलो! तँलाई किन रमाइलो लाग्दैन्?’ राजनले सोध्यो।

जुठेले गुनासो गर्‍यो,‘देशको आर्थिक अवस्था दयनीय छ। फूल र माला विदेशी! झल्लर पनि विदेशी!! हाम्रो भन्नु त त्यही तिहार मात्रै त हो नि! हैन, र ...?’ 

-तिलक तारामी रेशाली

प्रकाशित: ३० कार्तिक २०८० ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App