कला

‘जिज्ञासु’ काे कचहरीमाथि विमर्श

ज्योति साहित्य प्रतिष्ठान काठमाडौंले कथाकार कल्पना पौडेल ‘जिज्ञासु’ काे कथासंग्रह ‘कचहरी’ माथि विमर्श गरेको छ।

ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभाध्यक्षता तथा विश्व कवि,सस्कृतिविद् प्रा. तुलसी दिवसकाे प्रमुख आतिथ्यमा कथासंग्रहकाे विमर्श भएकाे हाे।

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले एक अर्काको नक्कल गर्दा लेखक, कविको आफ्नोपन हराउने भएकाले  लेखकको लेखनमा आफ्नै शैली हुनुपर्ने बताए।

विशिष्ट अतिथि शिखर कवि शैलेन्द्र साकारले लेखकले आफूले भोगेको, देखेको र सुनेको कुरा कथामा उतार्नुपर्ने बताए।

साहित्यकार कृष्ण प्रधान, नरेन्द्रराज पौडेल र विजय हितानको विशेष अतिथि रहेको कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ भक्तपुर शाखाकी अध्यक्ष रेणु घिमिरेले स्वागत मन्तव्य दिंदै कथाकार जिज्ञासुको व्यक्तित्व र कृतित्वबारे प्रस्टयाएकी थिइन्।

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकी अध्यक्ष तथा ‘कचहरी’ कथाकार‘जिज्ञासु’ को ‘कचहरी’ माथि मुख्य वक्ता प्राडा लेखप्रसाद निरौला, वक्ता प्राडा सावित्री श्रेष्ठ, समीक्षक कृष्ण प्रधान, प्रगतिशील साहित्यकार मनु विकले सङ्ग्रहका १५ कथाले सामाजिक यथार्थ औंल्याउन सफल भएको, गरिवी अभावका कारण महिलाहरू वैदेशिक रोजगारमा जाँदा भोग्नुपरेकाे समस्या, वृद्धावस्थामा भोग्नुपरेका समस्या, पहिलाको न्याय प्रणाली र वर्तमान न्याय प्रणालीका समस्याहरू उठान गरिएको बताए।

त्यस्तै कथामा मधेशी, मुस्लिम, थारू र पहाडी सबै समुदायका महिला तथा गरीव पात्रहरूका समस्याहरू उठान गर्नुको साथै पीडामा रुमलिएका पात्रहरू समस्या छिचोल्दै सफलता प्राप्त गर्न सफल भएकाले कथाहरू प्रगतिशील चेत र दृष्टिकोणमा रहेको पनि बताए।

वक्ताहरूले कथा सरल र सलल बग्ने खाल भाषाशैली भएकाे हुँदा विषयवस्तु र भाषाका हिसावले कथाले पाठकहरूको मन तान्न सक्ने पनि बताए।

उक्त अवसरमा कथाकार ‘जिज्ञासु’ लाई अायाेजक ज्योति साहित्य प्रतिष्ठान ले ‘ज्योति स्रष्टा सम्मान’ले सम्मान पनि गरिएको थियो।

प्रमुख अतिथि विश्व कवि तुलसी दिवस र शिखर कवि शैलेन्द्र साकारले संयुक्त रूपमा माला, खादा र प्रमाणपत्रले सम्मान गरिएको थियो।

कार्यक्रममा साहित्यकारहरू विश्व नेपाली साहित्य महासंघ केन्द्रका उपाध्यक्ष विजय हितान, अर्थ सचिव के.बी. पौडेल, विनेसाम नेपालका सल्लाहकार ऋषिराम सापकोटा, प्राडा सावित्री श्रेष्ठ, प्राडा श्रीधर गौतम, प्रमोद सारंग, वनेसाम ललितपुर शाखाका अध्यक्ष बुद्धिमान महर्जन, देविप्रसाद पौडेल, संगीता ठाकुर, हिरादेवी उपाध्याय, असलेस उपाध्याय, माधव आचार्य, शुशिला पराजुली, सुसना पराजुली, रुविन रानामगर, राज रजक, भानुप्रकाश जोशी उपस्थित भएको कार्यक्रम कवयित्री सुधा मिश्रले संचालन गरेकी थिइन्।

विश्व कवि तुलसी दिवस, विशिष्ट अतिथि शिखर कवि शैलेन्द्र साकार र साहित्यकार नरेन्द्रराज पौडेलले जिज्ञासुको कथासङ्ग्रह कचहरीमाथि प्रकाश पार्दै कथा उत्कृष्ट रहेकाले ज्योति स्रष्टा सम्मानबाट सम्मानित भएकोमा कथाकार जिज्ञासुलाई बधाई तथा शुभकामना दिएका थिए।

प्रकाशित: २६ कार्तिक २०८० ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App