कला

दर्शकसंग माफी माग्दै सुगमले भने: मेरो नियत गलत थिएन, मैले पिउनु हुँदैनथ्यो

फाइल तस्बिर

गायक सुगम पोखरेलले अष्ट्रेलियाको कन्सर्टमा भएको माइक प्रहारको घटनालाई लिएर दर्शकसँग माफी मागेका छन्।

अष्ट्रेलियामै रहेका पोखरेलले नेपाल ट्युबसँगको कुराकानीमा आफूबाट गल्ती भएको भगवान दर्शकप्रति कहिल्यै पनि अनादर नगरेको बताएका छन्।

उनले भनेका छन्, ‘माफी माग्न चाहन्छु। मबाट गल्ती भएको हो। म बेसी भावनामा बहें। भगवान दर्शकप्रति कहिल्यै पनि अनादर गरेको छैन मैले। म आज यही नेपाली समाजले बनाएकाले गायक भएको हुँ। मैले पिउनु हुँदैनथ्यो। आई एम सरी।'

नेपालमा भुइँचालो गएर मान्छेहरु बितिरहेकोले आफूलाई त्यस समयमा अप्ठ्यारो महसुस पनि भइरहेको उल्लेख गरेका छन्।

'नेपालमा भुइँचालो गएर मान्छेहरु बितिरहनु भाथ्यो। मलाई मनमा कस्तो अप्ठ्यारो भइराथ्यो भन्दाखेरि अरे यार म गीत गाउन आइरहेको छु, उता त्यस्तो भइरहेको छ। कत्तिको आफ्नो परिवार बित्नुभएको छ। मैले सोचें– एकछिन मौन धारण गरुँ। अरु तपाईंले भिडियोमा देख्न सक्नुहुन्छ,' उनले भनेका छन्।

पोखरेलले आफूले मदिरा खाएको भने स्वकारेका छन्। पहिला मदिरा छोडरेको तर एक महिनादेखि आफूले मदिरा सेवन गरिरहेको उनले उल्लेख गरेका छन्। उनले आफ्नो नियत भने गलत नभएको र मदिरा खानु नै आफ्नो कमजोरी भएको बताएका छन्।

आफूलाई सुगम पोखरेल बनाइदिएकोमा भने उनले धन्यवाद दिएका छन्। आफूलाई दोषका आधारमा मात्र नभएर गुण र दोषको दुईटै आधारमा हेर्न उनले आग्रह गरेका छन्।  

प्रकाशित: २० कार्तिक २०८० ०८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App