कला

शर्मा र प्रधान दार्जिलिङमा सम्मानित

अभिव्यक्ति पत्रिकाका संस्थापक सम्पादक, साहित्यकार नगेन्द्रराज शर्मा तथा संचारकर्मी तथा साहित्यकार शरद प्रधानलाई दार्जिलिङमा नरपूर्ण साहित्यिक गुठीले सम्मान गरेको छ।

गुठीका संरक्षक एनबी क्षेत्री तथा नेपाली साहित्य सम्मेलनका पूर्व अध्यक्ष साहित्यकार प्रेम प्रधानले उनीहरूलाई सम्मान गरेका थिए।

कार्यक्रममा नेपाल स्रष्टा समाजका साहित्यकारहरूलाई पनि अतिथिको रूपमा सम्मान गरिएको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार डा. गीता क्षेत्रीकाे दृश्यानुभूति (विविध विधाको रचना सँगालाे ) र डा. नकुल क्षेत्रीले सम्पादन गरेकाे भारतीय नेपाली साहित्यको सय वर्ष शीर्षकका पुस्तकहरू लोकार्पण गरिएका थिए।

उक्त कार्यक्रममा नेपाली प्रतिनिधिका तर्फबाट सम्मानित व्यक्तित्व नगेन्द्रराज शर्मा, समाजका संरक्षक पवन आलोक, अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, महासचिव देविका तिमिल्सिना तथा सम्मानित व्यक्तित्व शरद प्रधान सहितले सम्बोधन गरेका थिए।

आयोजक संस्थाको तर्फबाट लोकार्पित कृतिका स्रष्टाद्वय डा. गीता क्षेत्री, डा. नकुल क्षेत्री, कृतिका परिचर्चाकार डा.राजकुमार क्षेत्री, डा. सानु लेप्चा र डा. कमला तामाङले बोलेका थिए।

कार्यक्रमको सभाध्यक्ष एन. बी क्षेत्रीले गरेका थिए भने संचालन स्रष्टा कमल रेग्मीले गरेका थिए। नेपाली साहित्यकारको टोलीमा शर्मा, आलोक, रोदन, तिमिल्सिनाका अतिरिक्त चेतनाथ कँडेल ‘हरित’, प्रकाश घायल, तारा सुवेदी, डा. शान्तिमाया गिरी,  शंकर भारती, मधु पाठक तथा माधव बिडारी ‘चेतनपथ’ लगायत एघार जनाको सहभागिता रहेको थियो।

प्रकाशित: २० कार्तिक २०८० ०७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App