कला

नेपाल स्रष्टा समाज मिरिकमा

नेपाल स्रष्टा समाजको टोलीले भारतको मिरिकमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सहभागिता जनाएको छ। मिरिकस्थित ‘साहित्य  सुनौं परिवार’ को आयोजनामा सम्पन्न सयाैं शृङ्खलाको साहित्य सुनौं कार्यक्रममा टोलीमा संलग्न सम्पूर्ण साहित्यकारले मन्तव्यसहित रचना वाचन गरेका थिए।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, संरक्षक पवन आलोक, सल्लाहकार नगेन्द्रराज शर्मा, उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’, महासचिव देविका तिमिल्सिना, सचिव प्रकाश घायल, कोषाध्यक्ष तारा सुवेदी, तथा सदस्यहरू शंकर भारती, डा. शान्तिमाया गिरी, मधु पाठक र माधव बिडारी चेतनपथ को सहभागिता थियो।

कार्यक्रममा साहित्य सुनौं परिवार मिरिककी कोषाध्यक्ष डा. कमला तामाङद्वारा अनुवादित ‘बिरानो बन्दै गाउँ’ लघुकथासङ्ग्रहको  लोकार्पण गरिएको थियो। परिवारका अध्यक्ष आर.डी. राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दार्जिलिङका वरिष्ठ साहित्यकार मोहन ठकुरीको प्रमुख आतिथ्य रहेको थियो।

मिरिक नगरी भूपू सैनिक सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि ठकुरी, अध्यक्ष राई कार्यक्रम संयोजक डा. कमला तामाङ,शीला लामा, एस.बी. गजमेर, अर्जुन प्रधान, गोकुल रसाइली, अजङ्ग प्रधान, लक्ष्मी गुरुङ, अमर दुङ्माली, विनोद खाती, शान्तप्रकाश राई, युवराज भण्डारी, केसाङ लामा, जीनर घतानी, मनिता तामाङ र दीप जोशीले आआफ्नो रचना वाचन गरेका थिए।

प्रकाशित: १९ कार्तिक २०८० ०५:५२ आइतबार

अक्षर